अपनाउनुहोस्, गर्मी मौसममा स्वस्थ रहने तरिकाहरु



२९ जेठ २०७६,काठमाडौं

गर्मी मौसम बढेसंगै हामीलाई विभिन्न रोगहरु लाग्ने गर्दछ ।

यो मौसममा गर्मी अत्याधिक मात्रामा भएकाले बढी पसिना आउने हुन्छ ।

त्यसैले, शरिरमा पानीको मात्रा कम नहोस् भनेर बढी मात्रामा पानी तथा झोल पदार्थहरु खाने गर्नुपर्छ ।

जब, शरिरमा पानीको कम भएपछि स्वास्थ्य बिग्रिनका साथै छाला फुस्रो हुने गर्दछ ।

त्यसैले, यस्तो उपायहरु अपनाउनुहोस, सैले, यस्तो उपायहरु अपनाउनुहोस,

–पानी खाइरहन मन लाग्दैन भने जुस, दही, लप्सी , कागतीपानी,  नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप, फलफूल आदि खाएर शरीरमा पानीको आपूर्ति बढाउन सकिन्छ।

– गर्मीमा चिसो पानी प्रशस्ता मात्रामा पिउने बानीले गर्नाले पाचन प्रणाली सुध्रिने र शरीर शीतल हुने गर्छ।

– गाजर, गोलभेँडा, पालक, काँक्रो, खरबुजा, मेवा, आँपजस्ता फलफूलमा क्यालोरी कम हुन्छ। त्यही भएर गर्मीमा यस्ता मौसमी फल खानु ज्यादै राम्रो हुन्छ। यसले एसिडिटीको समस्याबाट पनि मुक्ति दिन्छ।

– यस्ता मौसमी तरकारी र फलफूल खाने गर्नाले शरीर शीतल हुज्छ।

– गर्मी मौसममा दिउँसोतिर भोक लाग्यो भने फलफूल, सलाद र सुप खान जोड दिनुपर्छ। यस्तो खानाले पेट पनि भरिन्छ र शरीरमा अनावश्यक बोसो पनि लाग्दैन। साथै, शरीरलाई गर्मी पनि गर्दैन।

– गर्मीको मौसममा मोटा मानिसले बिहानको खाजामा केरा खानु राम्रो हुन्छ। यसो गर्दा वजन बढ्दैन। साथै, केरामा पाइने पोटासियम र आइरनले गर्मीमा मानिसलाई दिनभरि फुर्तिलो राख्न मद्दत गर्छन्।

– व्यायाम गर्ने बानी छैन भने बिहान–बेलुका फटाफट हिँड्ने गर्नाले गर्मीमा ज्यादै राम्रो गर्छ। यसो गर्दा शरीरमा अक्सिजनको मात्रा बढ्छ।

– रातको खाना खाएपछि १५–२० मिनेट बिस्तारै टहल्नु लाभदायक हुन्छ। जाडोमा भन्दा गर्मीमा यस्तो गर्न सजिलो हुन्छ।

प्रतिक्रिया दिनुहोस्