सिन्धुलीको फिक्कलमा सुविधा सम्पन्न स्वास्थ्य चौकी बन्दै



२८ जेठ २०७६, सिन्धुली/बलवीर भुजेल

सिन्धुलीको फिक्कल गाउँपालिका ५ स्थित सोल्पाठाना स्वास्थ्य चौकीको नयाँ भवन शिलन्यास गरिएको छ ।

३ नम्वर प्रदेश सरकारको ४६ लाख लागतमा स्वास्थ्य चौकीको भवन निर्माण हुन लागेको छ । सुविधा सम्पन्न पार्कीङ्ग सहितको ९ कोठे भवनको फिक्कल गाउँपालिकाका अध्यक्ष धन बहादुर कार्कीले आज एक कार्यक्रमकाबिच शिलान्यास गरेका छन् ।

स्वास्थ्य चौकीको आधुनिक सुविधा सम्पन्न भवन बन्ने भएपछि स्थानीय खुशी भएका छन् । स्वास्थ्य जाँच गराउन घण्टौँ हिँडेर अन्यत्र जानुपर्ने बाध्यता अव घट्ने भएको छ । भवन शिलन्यास गर्दै गाउँपालिका अध्यक्ष कार्कीले फिक्कल गाउँपालिका मै सुविधा सम्पन्न स्वास्थ्य चौकी बन्न लागेको भन्दै खुशी व्यक्त गरे ।

उनले आफ्नो गाउँपालिकाले विकास र समृद्धीको लय समातेको दावी गर्दै समृद्ध फिक्कल निर्माणमा सहयोग पुग्ने बताए । यसअघि स्वास्थ्य चौकी भाडाको घरमा बस्दै आएको फिक्कल गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ५ का वडा अध्यक्ष राजु बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्