प्रत्येक प्रेमिकाले पढ्नैपर्ने, जो पुरुष प्रेमको मामलामा सधैँ सफल हुन्छन्



२८ जेठ २०७६, काठमाडौँ

आजभोलीका युवायूवतीले ब्रेकअफलाई सामान्य रुपमा लिन्छन् ।

मानौं कि, उनीहरु यसलाई फेशन कै रुपमा लिन्छन् ।

तर, यसो भन्दैमा सबैमा यो बानी हावी भने भएको नहुन पनि सक्छ ।

कुनै–कुनै प्रेमीले यस्तो जोडी पनि पाईन्छन्, जसले यो संसारको सबै कुराहरु भुलेर सिर्फ एकअर्कालाई मात्र मनमा सजाएका होऊन् ।

तर, आचार्य चाणक्य ४ प्रकारको पुरुषलाई ब्याख्य गर्दै बताउँछन् जसले सम्बन्ध टुट्नाबाट बचाउँछ । उनीहरु प्रेममा सधैँ सफल हुने बताउँछन् ।

–स्त्रीलाई सम्मान गर्ने पुरुष

यस्तो पुरुष जो सधैं स्त्रीलाई सम्मानको नजरबाट देख्छन् । प्रेमिका होउन् या पत्नी, यदि उनलाई सम्मान दिन्छन्, उनको महत्वलाई सम्झिछन् भने त्यस्ता पुरुषको सम्बन्ध कहिल्यै टुट्दैन ।

–पराई स्त्रीलाई स्पर्श नगर्ने

यो गुण सबैभन्दा सर्वोपरी हो, जो पुरुष आफ्नी प्रेमिका या पत्नीको अथवा कुनै पनि अन्य स्त्रीलाई वासनाको नजरले हेर्दैनन्, कुनै पनि पराई स्त्रीप्रति आकर्षित हुँदैनन् , उनी आफ्नो सम्बन्धलाई जोगाउन हरेक अवस्थामा तयार हुन्छन् । र सक्षम पनि हुन्छन् ।

–सुरक्षाको महशुष

जो पति या प्रेमी आफ्नो साथीलाई सुरक्षाको महशुष गराउँछन् उनीहरु प्रेमको मामलामा कहिल्यै हार्दैनन् । यस्तो पनि भनिन्छ कि, हरेक स्त्री आफ्नो पतिमा आफ्नो पिताको छायाँ देख्छिन् । यदि तपाई उनीसँग सुरक्षात्मक व्यवहार गर्नुहुन्छ भने उनी निश्चिन्त भएर तपाईको साथमा रहनेछिन् ।

–शारीरिक शुख

वैवाहिक सम्बन्धमा शारीरिक शुख र सन्तुष्टिको आवश्यकता पर्छ । यसरकार जो पुरुषले भौतिक र भावनात्मक शुखसँगै आफ्नो जीवनसाथीलाई शारीरिक सुख र सन्तुष्टि प्रदान गर्छन्, उनकी पत्नी तथा प्रेमिका सधैं पसन्न रहन्छिन् । जसले सम्बन्ध प्रगाढ रहन्छ ।

प्रतिक्रिया दिनुहोस्