जान्नुहोस्,गर्मी मौसममा लिचीको फाईदाहरु



२८ जेठ २०७६,काठमाडौं

गर्मी मौसम बढेसंगै बजारमा विभिन्न मौसमी फलफुलहरु उत्तिकै पाईन्छ ।

जुन, फलफुलको आ–आफ्नै गुणहरु हुन्छन् ।

“गर्मी सिजनमा पाईने फलफुलहरुमा अत्याअधिक पानी र फाईबरहरु पाईन्छन् ।”

ती फलफुलहरुमा ‘लिची’ पनि एक हो ।

“गर्मी सिजनमा पाईने लिचीलाई एउटा मिठो मोतीको रुपमा लिईन्छ ।”

किनभने…..

–वजनलाई कन्ट्रोल गर्छ:

लिचीको नियमित सेवनले वजनलाई कन्ट्रोल गर्छ । चिलीमा प्रसस्त मात्रामा फाइबर पाइन्छ । त्यसैले, बजनलाई कन्ट्रोल राख्न मद्दत गर्छ ।

–इम्युनिटी बलियो बनाउँछ:

लिचीले हाम्रो शरीरको इम्युनिटी पावरलाई बढाईदिन्छ । लिचीमा बिटा–क्याटोरिन, नियासिन, राइबोफ्बेविन र फोलेट प्रचुर मात्रामा पाइन्छ । यी सबै तत्वले हाम्रो शरीरको इम्युनिटी सिस्टमलाई स्वास्थ्य राख्न सहयोग पुर्याउछ ।

–पाचन प्रणालीलाई बलियो बनाउँछः

लिचीको सेवनले हाम्रो पाचन तन्त्र तन्दुरुस्त बन्छ । किनभने यसमा प्रसस्त मात्रामा फाइबर पाइन्छ । उल्टी गर्ने, पेटको समस्या, पेटको अल्सर लगाएतको समस्याबाट छुटकारा पाउनका लागि पनि लिचीको उपयोग गर्न सकिन्छ ।

–घाँटीमा हुने समस्याबाट जोगाउँछ:

घाँटीमा कुनै पनि समस्यमा भएमा लिची खानु उपयुक्त हुन्छ ।

–पानीको कमीको समस्याबाट जोगाउँछः

लिचीमा भरपुर पानी पाइने भएकोले शरीरमा हुने पानीको कमीलाई आपूर्ती गर्छ । लिचीले शरीरलाई शितलता प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्