
२७ जेठ २०७६, काठमाडौं
दिनप्रतिदिन गर्मी बढेसँगै लामुखुट्टेको टोकाईले हैरान बनाईरहेको हुन्छ ।
“जुन लामखुट्टे औलो रोगको मुख्य कारण हो । ”
लामखुट्टेलाई धपाउन वा मार्न बजारमा धुप सहित अन्य औषधीहरु पनि पाउँन सकिन्छ ।
तर…….
बजार वाहेक घरेलु बिकल्प पनि अपनाउन सकिन्छ ।
–लामखुट्टेबाट बच्न कागतीलाई काटेर त्यसमा दुई–तीनवटा ल्वाङ लगाई कोठामा राख्न सकिन्छ , जसले लामखुट्टेलाई रोक्ने काम गर्छ ।
–यसका लागि बिहान–बेलुका कोठामा कपुर जलाउन सकिन्छ ।
–नीमको तेललाई ढोका, झ्याल र दराजमा लगाउँदा पनि लामखुट्टेको समस्या हटेर जान्छ ।
–मुलायम काटुनको टुक्रामा कपुर, दुईवटा अलैँची र ल्वाङ पोको पारेर बच्चाको छेउछाउमा राख्दा लामखुट्टे भाग्छ । या लामखुट्टे जम्मा हुने ठाउँमा पनि यस्तो पोका राख्न सकिन्छ ।
नोटः यदि वर्षायाममा किराले टोक्ने गरेको छ भने पनि नरिवलको तेलमा एक टुक्रा कपुर मिलाएर प्रभावित ठाउँमा लगाउन सकिन्छ । किराले टोकेको ठाउँमा ल्वाङको फूल लगाउँदा पनि बिरामीलाई राहत मिल्छ ।





