
२७ जेठ २०७६,काठमाडौँ
बैवाहिक सम्बन्धपश्चात एकले अर्कालाई नबुझेको कारण सम्बन्धहरु प्रायः विग्रिदै जाने गर्छन् ।
यसरी दिनप्रतिदिन एकअर्कामा झगडा भैसकेपछि डिर्भार्सको घटना बन्न पुग्छ ।
यस्तै,कतै तपाईको श्रीमतीलाई पनि खुसी बनाउन नसकेर तपाईको सम्बन्ध पनि तलमाथि त भएको छैन छ भने यस्तो सुत्रहरु प्रयोग गर्नुहोस् ।
–काली,परी,माया, बेबी र मेरो महारानी भनेर बोलाउने
–कुनै अन्य राम्री केटी सँग तुलना गर्दै नगर्ने बरु नराम्री केटीको फोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने
–भुलेर पनि श्रीमतीको बाबाआमाको नराम्रो पक्ष ननिकाल्दिने,
–घर सफा गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने,अफिसको लागि आफ्नो खाजा आफै पोको पार्ने,
–बाहिर निस्कदाँ आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फर्किने,
–रक्सि पिउन मनलागे गोजिमा २ दाना ल्वांग र लसुन बोकेर हिड्ने घर प्रवेश गर्न भन्दा अगाडि चपाउने,
–आफु जति सुकै बिजि भएपनी दिउँसो सम्झिने १०/१५ पटकसम्म फोन गरेर लभ यु बेवि भन्ने,विवाहको औठी सधैँ लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने,
–श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनि, तिम्रो हात त सारै मिठो छ भन्ने खाना सँगसँगै श्रीमतीको हात सुमसुमाउने,
–पूरानो कुरा निस्के तिमी राम्री भएर त होला टोलका केटाहरु अहिलेसम्म तिम्रो पछि लाग्छन् भन्ने,
–हरेक कुराको अधिकार श्रीमती लाई दिने, उसको योजना गलतै भएपनी, श्रीमतिको निर्णयमा सहमत हुने,
–श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनि आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारिफ गर्ने,
–श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने, सोधिहाले अप्सरा झै देखीएकी छौँ भनेर कालो टिका लगाई दिने,
–श्रीमतीले किनेको कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने,





