सधैँ खुसी रहन यस्ता कुराहरु अपनाउनुहोस्



२७ जेष्ठ २०७६, काठमाडौं

‘खुशी’ जीवनको एक महत्वपूर्ण तत्व हो ।

जसका कारण हामी शारिरीक तथा मानसिक तन्दुरुस्त रहन्छौं ।

खुसी भएर जिउन हामी सबैको इच्छा हो ।

तर,,,,

तर, फरक यो मात्रै हो, खुसी कसरी हुने? यसको पाटो भने फरक हुन्छ ।

जुन खुशीको लागि मानिसहरु हरेक परिस्थतीसँग लड्नलाई तयार हुन्छन् ।

हामी परिवार अनि साथीभाईहरुसँग समय बिताउँछौं, हामी हरेक कामप्रति सफलता प्राप्त गर्नका लागि संघर्षरत हुन्छौं ।

नाम कमाउन मन पराउँछौं, उच्च स्थान पुग्न सबैको इच्छ हुन्छ ।

अरुलाई सहयोग गर्छाै, तनाव कम गर्न व्यायाम गर्छौ, पैसा कमाउँछौं, रमाईलो ठाउँहरु घुम्छौं ।

यो सबको एउटै उत्तर हो, ‘खुशी’

खुसी स्वस्थ्यको लागि एकदमै फाइदजनक पनि छ ।

“खुशी हुनको लागि आशावादी रहने, सकारात्मक दृष्टिकोण तथा आधारभूत आवश्यकता पुरा गर्नाले हामी खुशीको जीवन बिताउँन सक्छौं”

हाम्रो स–साना कुराहरु परिपक्व वा अनुभूती हिसाबले ग्रहन गर्नाका साथै हामी जे काम गर्दा पनि रमाएर गर्न सिकौं ।

“आफैमा यस्तो गुणको बिकास गरौं जसले कि सधैं खुसी दिलाउन सकोस् ।”

मुस्कुराउन सिकौं, हामी दुःखी होउ वा खुशी तर हरेक समय जस्तो परिस्थितीसँग लडेर पनि मुस्कुराउन भने कहिल्यै नछोडौं ।

“खुशी हुनको मुख्य गुण भनेको आफ्नो शत्रुलाई क्षमा गर्न सिकौं,”

–अरुप्रति कृतज्ञ रहन तथा असल साथीहरु बनाउँनका साथै स्वस्थ र तन्दुरुस्ती हुन सिकौं ।

–राम्रो गित बजाउँदै आफुलाई मनोरञ्जन दिन सिकौं ।

“जव हामी आफ्नो मनभित्रको विकार कुराहरुलाई हटाएर सकारात्मक सोच बनाउँछौ, तब खुशी हामी भित्रै लुकेको हुन्छ । ”

–बाल्यकालका रमाइलो पलहरु फेरि सम्झन कोसिस गर्नुहास् ।

–साथीहरुसँग बिताएका रमाइलो पलहरुलाई याद गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्