गर्भावस्थमा स्वस्थ रहने तरिकाहरु



२७ जेष्ठ २०७६, काठमाडौं

गर्भावस्थमा हरेक कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ ।

खानपानदेखी लिएर आफ्नो स्वास्थ्यमा पनि निकै ख्याल राख्नुपर्ने हुन्छ ।

जसकारण यी कुराहरुमा ध्यान दिन जरुरी छ !!

–बिहान उठ्नेबित्तिकै व्यक्तिगत सरसफाइ गर्ने ।

–पोषिलो खानेकुरा तथा झोलयुक्त खानेकुरा खाने ।

–औषधि आइरन, क्याल्सियम नियमित सेवन गर्ने ।

–राति आठ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुतेर आराम गर्ने ।

–गर्भवती महिलाले मनमा सकारात्मक कुराहरू मात्र सोच्ने, नकारात्मक कुरा सोच्दा ब्लडप्रेसर बढ्ने लगायत मानसिक समस्या सिर्जना हुन सक्छ ।

–धुम्रपान, मद्यपान सेवन नगर्ने ।

–चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि नखाने ।

–शारीरिक तथा मानसिक कडा पर्ने खालको परिश्रम नगर्ने ।

 

प्रतिक्रिया दिनुहोस्