सिकाइको वातावरण नै बालमैत्री वातावरणको मुल सूचक : गिरिराजमणी पोखरेल



२५ जेठ २०७६, काठमाडौं

सिकाइको वातावरण् नै बालमैत्री बातावरणको मुल सुचक भएको शिक्षा , विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलले बताएका छन् ।

काठमाडौं महानगरपालिका  वडा नं. ४ को आयोजना र काठमाडौं जिल्ला बाल क्लब संजालको सहकार्यमा धुम्बराही स्थित धुम्रबराह माध्यमिक विद्यालयमा ‘बालमैत्री विधालय घोषणा तथा प्रतिवद्धता समारोह’ मा आफ्नो मन्तव्य राख्दै पोखरेलले सो कुरा बताएका हुन् । उमेरसँगै सिपमूलक शिक्षा समेत आजको आवश्यकता रहेको बताएका हुन् । नयाँ बजेटले ४२ जिल्लामा दिवा खाजाको व्यवस्था गर्ने, निशुल्क सेनेटरी प्याड उपलव्ध गराउने लगायत शिक्षामा आमुल परिवर्तनका लागि रणनितीक कार्य योजना बनाइ अघी बढेको समेत उनले बताए ।  त्यसैगरी, प्रदेश नं. ३ का सांसद नारायण सिलवालले सम्पूर्ण विद्यालयहरुले बालमैत्री वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

कामपा ४ नं. वडा कार्यालयको नेतृत्व र काठमाडौं जिल्ला बाल क्लब संजालको  समन्वयमा ‘बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप कार्ययोजना २०६७’ माथि आवश्यक संशोधन तथा महानगरको शिक्षा ऐनले तोकेको मापदण्ड भित्र रही सूचकहरु निर्धारण गरी ‘बालमैत्री विद्यालय कार्ययोजना २०७५’ लागू गरी १ वर्षसम्म उक्त कार्ययोजना भित्र रहेका करिब ११५ वटा सुचकहरुको अनुगमन तथा मुल्याङ्कन गरिएको थियो । समारोहमा ति सुचक मध्ये न्यूनतम सूचक पुरा गर्ने कुल ३० विद्यालय मध्ये २६ वटा विद्यालयहरुलाई बालमैत्री विद्यालयको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो भने ४ वटा विद्यालयहरुलाई एस महिनाभित्र न्यूनतम सूचक पुरा गर्ने गरी प्रतिवद्धता पत्र हस्तान्तरण गरिएको थियो । बालमैत्री प्रारुप कार्यान्वयन गर्ने कामपा वडा नं. ४ नेपालको नमुना वडाको रुपमा स्थापित हुन समेत सफल भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी  समेत रहेका मन्त्री गिरिराजमणी पोखरेल, सांसद नारायण सिलवाल र वडा अध्यक्ष मोहन बहादुर विष्टले ‘बालमैत्री विद्यालय कार्ययोजना २०७५’ को औपचारिक सार्वजनिक समेत गरेका थिए । मन्त्री पोखरेलले अब उक्त कार्ययोजनालाई नेपालभरका संस्थागत तथा सामुदयिक विद्यालयहरुमा लागू गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । वडा भित्रका विद्यालयहरुमा सूचकहरु कार्यान्वयन भए नभएको अनुगमन गर्नका निम्ती गठन गरिएको बालमैत्री विद्यालय अनुगमन समितिका पदाधिकारीहरुलाई प्रशंसापत्र तथा प्रशंसा पदक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै बालमैत्री विद्यालय अनुगमन समितिका सदस्य सचिव राजाराम बस्नेतले आफु सोही वडा भित्रको सामुदायिक विद्यालय भित्र अध्ययन गर्ने घरेलु बालश्रमिक भएको र संस्थागत विद्यालय तथा सामुदायिक विद्यालयविचको समानता बिकास गर्न बालमैत्री वातावरणले टेवा पुर्याउने कुरा राखे । समापन मन्तव्य राख्दै वडा अध्यक्ष मोहन बहादुर विष्टले घोषणा गरेपछी झनै विद्यालयहरु बालमैत्री वातावरण् सुनिश्चित गर्न जिम्मेवार बन्नुपर्ने र वडा नियमन तथा अनुगमन गर्दै वडा भित्रका विद्यालयहरुमा बालमैत्री वातावरण स्थापित गर्न तत्पर रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्