छालालाई सुन्दर राख्न अपनाउनुहोस् यस्ता उपाय



२४ जेष्ठ २०७६, काठमाडौं

आजभोलीका मानिसहरु सुन्दर भएर हिड्न एकदमै रुचाउँछन् ।

त्यसमा पनि विशेषगरी यूवा–यूवतीहरु झनै यो कुरामा माहिर हुन्छन् ।

जसका लागि उनीहरुले विभिन्न उपायहरु अपनाईरहेका हुन्छन् ।

तर, कतिपय भने यो कुरामा अनविज्ञ नै हुन्छन् ।

यहाँ केही छाला चम्काउने उपायहरु छन् पढ्नुहोस्

“हामीले खाने भान्साभित्र नै अनेक उपायहरु हुन्छन् । जसले छालामा सुन्दरता मात्रै नभएर स्वस्थ पनि बनाउँने गर्दछ ।”

–अण्डा

अण्डामा प्राटिनको मात्रा पर्याप्त भएकोले छालामा हुने चाउरीपनलाई रोक्नका साथै छालामा चमक ल्याउने काम गर्छ ।

–काँक्रो

छाला चिल्लो भएरा हैरान भएका व्यक्तिहरुले काँक्रो रस अनुहारमा लगाई १० मिनेटपछि चिसो पानीले सफा गर्न, जसले एस्ट्रिजेन्टको काम गर्छ ।

–चना

चनाको बेसनमा दूध मिसाई लेप बनाएर अनुहार धुनले छालाको सोन्दर्य वृद्धि हुन्छ ।

–केरा


सुख्ख छालामा केरालाई दुधमा मिसाई बनाएको लेप लगाउने र २० मिनेटपछि सफा गर्न, जसले छाला छिटै चाउरी पर्दैन ।

–आलु


आँखा वरिपरि कालो घेरा छ भने आलुलाई कोरेसोमा कोन, आँखा माथिबाट कोरेको आलु १५ मिनटसम्म राखेर सफा गरे कालो घेरा हराउँछ ।

–बेसार


काँचो वेसारको मसिनो लेप दूधमा हाली पातलो घोल बनाएर नुहाउनुअघि शरिरमा हल्का मालिस गर्ने, र मालिस गरेको केही दिनमै सम्र्पूण शरिरको छालामा निखार आई छाला मुलायाम, गोरो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्