रेबिज कसरी लाग्छ? जान्नुहोस्, यसको उपचारको विधिहरु



२४ जेष्ठ २०७६,काठमाडौं

रेबिज एउटा प्राणघातक रोग हो ।

जुन रोग पशुबाट मानिसमा सर्ने रोग भनेर बुझिन्छ ।

यो रोग लागेपछि मान्छे बाँच्नलाई गाहृो हुन्छ ।

विश्वमा अहिलेसम्म रेबिज रोग लागेको विरामीहरुमध्ये ३ जनाको मात्रै सुरक्षित उपचार भएको विभिन्न तथ्यांकहरुमा भेट्न सकिन्छ ।

यो रोग बहुला कुकुर र अन्य शंकास्पद जनावरको टोकाईबाट सर्ने रोग हो ।

यो रोग त्यत्ति पुरानो भएपनि अहिले पनि जगजाहेर रहेको पाईन्छ । “अहिले पनि यो रोग चूनौतीकै रुपमा देखिन्छ ।” विज्ञहरु बताउँछन् ।

‘रेबिज रोगका कारण विश्वमा ५५ हजार तथा नेपालमा मात्रै वर्षेनी ९०० जनाको मृत्यु हुने गरेको अनुमान रहेको छ ।’

 

यसरी रेबिज रोगबाट मृत्युहुनेमा अधिकांश बालबालिका रहेका छन् ।

विशेषज्ञहरुका अनुसार……….

‘रेबिज भाइरसको संक्रमन भएपछि समयमै उपचार गर्न पुगेमा केही समयमा बिरामीलाई राहत मिल्छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने, रेबिजविरुद्दको भ्याक्सिन लगाउनुपर्छ भनेर प्रायः सवैलाई जानकार भने हुँदैन ।

तर……

जो कोहीले पनि रेबिज बिरुद्धको भ्याक्सिन भने लगाउन जरुरी हुन्छ ।

 

‘रोगी जनावरको र्याल तथा घाउद्धारा रेबिजको जीवाणु शरीरमा प्रवेश गर्दछ भनेर एक जर्मन वैज्ञानिक सन् १८०४ मा पत्ता लगाएका थिए

रेबिज रोग लागेको जनावरहरुमा देखिने मुख्य लक्षण भनेको ‘उत्तेजना’ हो ।

‘त्यसको धेरै पछि मात्र लाइसा नामक भाइरसको संक्रमणले रेबिज भएपछि त्यो भाइरस स्याल,कुकुर, बाँदर बिरालो चमेरो जस्तो टोकाईको कारणले हुन्छ भनेर पत्ता लागेको हो । ’

रेबिज रोग लागेको कुनै पनि जंगली जनावरहरुको सम्पर्कमा आउँदा सर्वप्रथम कुकुरलाई सर्दछ ।

‘कुकुरको टोकाई तथा चटाईबाट सर्ने रोग अन्य पशु तथा मान्छेमा सरेपछि जुन रोग लागेको मान्छे तथा कुकुर बहुलाउने गर्दछ ।’

रेबिज रोग लागेको कुकुरले पुच्छर टाँगमुनी लुकाएर हिड्नका साथै अन्य कुकुरहरुले पनि भुक्छन् ।

 

‘रेबिज रोग लागेको मानिसमा पानीबाट डराउने,चिच्याउने,चिथोर्ने, जे गर्दा पनि रिसाउने, र्याल चुहाउने, हातगोडा नचल्ने, टोक्ने, पुरै शरीर दुख्ने जस्ता लक्षण देखिन्छ ।’

–रेबिज भाइरस हुने संभावित जनावरले टोकेपछि तत्काल साबुन पानीले घाउ सफा गर्ने

–चाँडो सक्दो बिरामीलाई अस्पताल पुर्याई रेबिज विरुद्ध खोप लगाउँनुपर्दछ ।

‘घरपालुवा कुकुरलाई नियमित खोप लगाउने, भुस्याहा कुकुरबाट बच्ने र संभव भए व्यवस्थापन गर्नका साथै स्याल चमेरो बिरालोको टोकाईपछि रेबिज बिरुद्ध खोप लगाउने गर्नुृपर्छ ।’

 

नोटः कुनै पनि रोगलाई सानो नसम्झिकन सावधानी अपनाईयो भने, ‘रेबिज’जस्ता प्राणघातक रोग पनि सजिलै निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्