जान्नुहोस्!! गर्भावस्थामा आँपको फाईदाहरु



२३ जेष्ठ २०७६, काठमाडौं

आँप विश्व प्रसिद्ध र अत्यन्तै स्वादिष्ट फल हो !

यसको स्वाद काँचोमा अमिलो हुन्छ तर पाकेपछि गुलियो हुन्छ भन्ने कुराको जानकारी हामी सबैलाई जानकार भएको कुरा हो !

तर यसको गुणको बारेमा सबैलाई अवगत नहुन पनि सक्छ !

‘गर्भावस्थाका बेलामा महिलालाई प्रशस्त मात्रामा पौष्टिक तत्वको आवश्यकता पर्दछ। नौं महिनासम्म गर्भवती महिलाले अन्य अवस्थामा भन्दा बढी मात्रामा खानेकुरा खानु जरुरी हुन्छ ।’

त्यसैले, गर्भावस्थाको बेलामा आँपको महत्वको बारेमा यो जानकारी तपाईहरुका लागि!!

–गर्भावस्थाका बेलामा आँपको सेवन गर्नाले पाचन सम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत मिल्छ । साथै गर्भावस्थामा हुने कब्जियतबाट राहत मिल्छ ।

–आँपमा एन्टी अक्सिडेन्ट हुन्छ जसले शरिरमा रोग प्रतिरोधात्म क्षमता बृद्धि गर्न मद्दत गर्छ ।

–आँपको सेवनले शरीरमा शक्ति पैदा गर्नुका साथै आँपमा प्रशस्त मात्रामा आइरन पाईने हुनाले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ ।

–मौसमी फल तथा फलफूलको राजा भनेर चिनिने आँपमा भिटामिन ए, सी, साथै पोटासियम, फोलिक एसिड पाइन्छ । जुन गर्भवती महिलाका लागि आवश्यक हुन्छ ।

–आँपमा प्रशस्त मात्रामा फाइबर हुन्छ यसको सेवनले गर्भावस्थाका बेलामा हुने ब्लडप्रेशरको लेभललाई नियन्त्रण गर्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्