जान्नुहोस् !! बाथ रोग के हो ? किन आक्रमण गर्छ ? कसरी थाहा पाउने ? समाधान सहितको घरेलु उपचार



२१ जेष्ठ २०७६, काठमाडौं

प्रत्येक व्यक्तिको शरिरमा रोगसँग लड्ने क्षमता (इम्यून पावर) हुन्छ ।

सो क्षमता जब ह्रास हुँदै जान्छ, अनि मान्छेलाई अनेकन किसिमका रोगहरुले पिरोल्न थाल्छन् ।

नेपालको परिप्रेक्ष्यमा वर्षेनी धेरै मानिसहरुको मृत्यु विभिन्न रोगका कारण हुने गर्दछ ।

त्यसमध्येको एउटा खतरनाक रोग हो, ‘बाथ रोग’ !

हामीले तपाईहरुकै लागि भनेर ‘बाथ रोग’सम्बन्धि एउटा सनसनीपूर्ण सामग्री प्रस्तुत गरेका छौं ।

हामीले यसबारेमा काठमाडौं, बौद्धस्थित ‘स्तुपा कम्यूनिटी हस्पिटल’का फिजीशियन सौरभ हमालसँग कुराकानी गरेका छौं ।

यो तपाईहरुकै लागि !

‘बाथ रोग’को बारेमा

बाथ रोग मानिसमा भएको रोगसँग लड्ने क्षमता (इम्यून पावर) ह्रासका कारणले लाग्ने रोग हो ।

“यो रोगलाई पूर्ण रुपमा निर्मूल पार्न सकिंदैन, तर, केही हदसम्म न्यूनीकरण गर्न भने अवश्य सकिन्छ ।” फिजीशियन हमाल भन्छन् ।

‘रोग लागेर उपचार गर्नुभन्दा लाग्नु नदिनु नै राम्रो हुन्छ ।’ उनी थप्छन् ।

‘बाथ रोग’ किन लाग्छ ?

विशेषगरी यूरिक एसिडलाई मृगौलाले राम्रोसँग छान्न नसक्दा यो रोग लाग्ने गर्छ ।

त्यस्तै, फास्ट–फुड, जंक–फुड बोसोयुक्त भोजन धेरै खाएमा पनि यो रोग लाग्ने प्रबल सम्भावना हुन्छ ।

त्यसैगरी, अधिक खाना खाने र श्रम नगर्ने ब्यक्तिलाई पनि यो रोगले आक्रमण गछै ।

साथै दिनमा सुन्ते बानी भएकालाई पनि यो रोग लाग्ने हुन्छ ।

 

‘बाथ रोग’को आक्रमणः

‘बाथ रोग’ले हाम्रो शरिरमा आक्रमण गर्न थाल्छ, जुनसुकै अंगलाई पनि असर गर्न सक्छ ।

हमाल भन्छन्, ‘रगतको नशाहरु दुख्ने, छालामा दागहरु आउने र लामो समयसम्म नहराउने, जोर्नीहरु दुख्ने टाउँको दुख्ने, जस्ता हुन्छन् ।’

जस्तैः फोक्सोलाई आक्रमण गर्यो भने खकारमा रगत देखिने हुन्छ ।

थाहा कसरी पाउने ?

अरु रोगहरु उपचार गर्दा १ हप्ता र बढीमा १० दिनमा निको हुन्छ, भने यो रोग उपचार गर्दा लामो समयसम्म निको नभई सकेपछि शंका गर्नुपर्ने हुन्छ । बिरामीले देखाउने लक्षण र जोर्नीहरुको जाँच गर्न बित्तिकै ‘बाथ रोग’को पत्ता लाग्छ ।

बाथ रोग लाग्नुको कारण :

यो रोग लाग्नुको कुनै ठ्याक्कै कारण नभएको डा. हमालको भनाई छ ।

किनभने यो नसर्ने रोगमा पर्दछ । यो वशानुगत पनि हुन्छ साथै वातावरण प्रदूषण तथा चुरोटको धुवाँले यो रोगलाई बढाउने गर्छ ।

वृद्धावृद्ध तथा महिलामा बढी समस्या :

बाथ रोग महिला र उमेर छिपेकालाई बढि लाग्ने गर्छ ।

फिजीशियन हमाल बताउँछन्, हर्मोनको कारणले महिलामा बढी मात्रमा देखिन्छ, किनभने महिला र बुढापाकामा रोगसँग लड्ने क्षमता –इमयून पावर) ह्रासका कारणले यो रोग देखिन्छ ।

रोगीको खानपान:

बाथ रोगले पिल्सिएकाले गेडागुडी दाल, माछामासु खान मिल्छ । तर बासी, चिसो हावापानी तथा चुरोटको धुवाँबाट सकभर टाढै बस्न बेस हून्छ ।

रोगको लक्षण:

‘बाथ राग’को लक्षणहरु धेरै हुन्छन्, ‘बाथ रोग’ लागिसकेपछि हात जोर्नीहरु दुख्ने छालामा रातोरातो दागहरु लामो समयसम्म देखिने, राती बढी मात्रामा ढाड दुख्ने बाथको लक्षण हो ।

त्यस्तै १२ हप्ताभन्दा पछाडि बच्चा गर्भमा नरहने खस्ने, हातखुट्टा झम्झमाउने, हातगोडा बाङगिने, गाठागुठी आउने पेट दुख्ने डाबर आउने, चिलाउने, बाथका लक्षण हुन् ।

यति मात्र नभई चाँडै थाक्ने गल्ने जस्तो लक्षण पनि देखिन सक्छ । यस रोगले शरिरको विभिन्न अंगमा असर देखाउन सक्छ साथै छालामा निको नहुने घाउँ आउने,

आँखा रातो हुने तथा दुख्ने, फोक्सोमा जाली पर्ने र सास बढ्ने, फोक्सोे बाहिर पानी जम्ने यसको लक्षणहरु हुन् ।

‘बाथ रोग’ लाग्ने उमेर समूह:

यो रोगले सबै उमेर समूहकोे ब्यक्तिलाई असर पर्छ । जसमध्येमा ३२–६० बर्षको उमेरमा बढी मात्रमा देखिन्छ ।

‘बाथ रोग’बाट बच्ने उपायहरु:

यदि ‘बाथ रोग’को लक्षण हो भन्ने शंका लागिहालेमा डाक्टर कहाँ गएर जचाउँने गर्नुपर्छ र यसको नियन्त्रण गर्नुपर्दछ ।

यो रोग लागेपछि पूर्णरुपमा त्यही अवस्थामा फर्किन सकिदैँन त्यसैले यसको उपचार सुरुमै गर्नुपर्दछ ।

घरेलु उपचार:

डा.हमालका अनुसार ‘रोगलाई घरेलु उपचारबाट नियन्त्रण गर्न सकिदैँन । दुखाई कम गर्नलाई केही उपायहरु भने अपनाउन सकिन्छ ।’

बेसारलाई पानीमा घोलेर दुखेको भागहरुमा लाउने गर्नाले दुखाईमा कम हुन्छ ।

पारिजातको पातको उमालेर रस नियमित १५ दिनसम्म सेवन गर्दापनि यो रोग कम हुन सक्छ ।

अदुवाको रस सेवन गर्ने, जैतुनको तेलले प्रभावित मालिस गर्नाले पनि विरामीलाई केही राहत मिल्न सक्छ ।

तिल भुटेर दुधसँग पिसेर दुखेको ठाउँमा लेप लगाउँदा पनि अलि कम हुन्छ ।

नोटः बाथको लक्षण देखिनसाथ स्वास्थ्यकेन्द्रमा गई आवश्यक सुझावहरु लिईहाल्नुपर्ने डा. हमाल सुझाउनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्