
२० जेठ २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ स्थित सोमेश्वर महादेव मन्दिर प्राङ्गणमा सेवा निवृत्त राष्ट्रसेवक संघ जिल्ला कार्य समिति काठमाडौंको आयोजनामा निःशुल्क योग शिविर संचालन भईरहेका छ ।
२०७६ बैशाख २ गतेबाट संचालनमा आएको योग शिविरमा प्रशिक्षक/प्रशिक्षण समेत संचालन गरिएको संघले जनाएको छ ।
विहान ५ बजेदेखि ६ः३० सम्म संचालन हुने योग शिविरमा योग सिक्न ईन्छुक जोसुकैले सहभागी हुन सक्ने संघका संरक्षक ताराप्रसाद देवानले परिवर्तन खबरलाई बताए ।





