नेपालमा पनि मनाईयो, धुमपानरहित विश्व दिवस



१७ जेष्ठ २०७६, काठमाडौं

नेपालमा पनि विश्व धुमपानरहित दिवस मनाईएको छ ।

आज(शुक्रबार) काठमाडौंस्थित विभिन्न संघसस्थाको अगुवाईमा दिवस मनाईएको हो ।

कार्यक्रममा प्रभातफेरीसमेत लगाईएको थियो ।

काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी वीर अस्पताल, रत्नपार्क हुँदै फेरी भृकुटीमण्डपमै आएर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्वुद रोग निवारण संघका अध्यक्ष दिवाकर राजराजकर्णीले यस्ता कार्यक्रमले विश्वमा अर्वुदजस्ता प्राणघातक रोगबाट सजिलै बच्न सकिने बताए ।

“विशेषगरी यस्ता कार्यक्रमले हामीलाई अर्वुद(क्यान्सर)जस्तो रोगबाट बच्नको लागि ठूलो सहयोग हुन्छ ।” उनले भने ।

कार्यक्रममा विभिन्न संघसस्थाका पदाधिकारी, विद्यार्थी, शिक्षक, विभिन्न पेशा–व्यवसायमा सामेल व्यक्ति तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्