स्वास्थ्य बीमा कार्यक्रमका लागि ६ अर्व बजेट विनियोजन



१५ जेष्ठ २०७६, काठमाडौं

सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमको लागि ६ अर्व बजेट विनियोजन गरेको छ ।

संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो सुनाएका हुन् ।

साथै उनले सबै नेपालीलाई स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ल्याइने बताएका छन् ।

दूरदराजका नागरिकले पनि सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले सरकारले २५ चैत २०७२ गते कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्