दुवै मृगौला फेल सन्तोषको लागि अपिल !(भिडियो सहित)



१५ जेष्ठ २०७६, काठमाडौं

भोजपूर, षडानन्द नगरपालिकाका १३ वर्षे सन्तोष लामाको विगत ५ महिनादेखि दुवै मृगौला फेल भएको छ ।

हाल उनी काठमाडौंको मेडिकल हस्पिटलमा उपचारार्थ छन् ।

सन्तोषको लागि अहिलेसम्ममा ७ लाखभन्दा बढि खर्च भईसकेको सन्तोषको दिदी बताउँछिन् ।

आर्थिक स्थिती पनि नाजुक भएको कारण उनको स्वास्थ्य स्थिती झनै खस्कँदै भएको छ ।

मृगौला दिदीले दिने भनेपनि प्रत्यारोपण गर्न सम्म पनि परिवारसँग खर्च छैन ।

सन्तोषको लागि तपाईहरुबाट पनि केही सहयोगको अपेक्षा गरेका छौं ।

सहयोगको लागिः

सन्तोषको दिदीः ९८१६०५४८०५

जीवनमा मरेपछि कसैले केही पनि लादैँन ।

बाँचुन्जेलसम्म राम्रो काम गरौं, अरुलाई सहयोग गरौं यसैमा छ भलो । लोककल्याणकारी काम गरौं यहिँ छ धर्म !

यहाँ सबै थरीका मान्छे भेट्टाईन्छन् । सम्पन्न परिवारको अनि अति न्यून स्तरको पनि…..
मानिसलाई कत्तिखेर के हुन्छ? कुनबेला कुन बिपत्ति आईपर्छन्? त्यो थाहा पत्तो हुँदैन ।

जो होचो उसैको मुखमा घोचो भनेझैं यहाँ भगवान्ले पनि घरिघरि उसैलाई दुःख दिन्छ, जसले केही पनि गर्न सक्दैन, जसलाई जीवन व्यतीत गर्नसम्म गार्हो छ । जसलाई विहान बेलुकाको छाक टार्न पनि धौधौ पर्छ ।

यस्तै दयनीय अवस्था छ, भोजपूर षडानन्द नगरपालिकाका सन्तोष तामाङको, विगत पाँच महिनादेखि दुवै मृगौला फेल भएका उनी अहिले काठमाडौंको मेडिकल कलेजमा उपचरार्थ छन् । १३ वर्षकै उमेरमा यस्तो घतलाग्दो रोगबाट पीडित सन्तोषको पारिवारिक स्थिती पनि धेरै नाजुक छ ।

मृगौला दिदी वा बुबाले दिने भनेपनि प्रत्यारोपन गर्नसमेत पैसा नभएर उनी अहिले जीवन र मृत्यको दोसाहसमा बाँचिरहेका छन् ।

आदरणीय दर्शकबृन्द तपाईहरुसमक्ष यहि अपिल गर्दछौं । सन्तोषको जीवन तपाईहरुकै हातमा छ । यहाँहरुको सानो सहयोगले सन्तोषले जीवन पाउँछ, भने यो नै हाम्रो सब थोक हो ।

तपाई सहयोगी मन भएका नेपालीसामु हामी यहिँ अपेक्षा गर्दछौं कि तपाईले पनि सन्तोषको लागि केही सहयोग गर्नुहुने छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्