
हामीलाई सुन्दै अचम्म लाग्नु समान्य कुरा हो । आफ्नो नवजात शिसुलाई चाहिने भन्दा धेरै दूध उत्पादन गर्न सकिन्छ भनेर ।
एक अमेरिकाको क्यालिफोर्नियाकी बासिन्दा ताबिथा फ्रष्टले आवस्यक्ता भन्दा बढि दूध आफैसँग भएर ठूलो समस्यामा परेकी छन् ।
ताबिथाका तीन बच्चा छन् ती बच्चालाई प्रयाप्त दूध पिलाएर पनि उनले ४७० लिटर दूध दान गर्दा सबै अचम्मित बनेका छन् । जसका कारण उनको शरीरमा साधारण महिलाको भन्दा तीन गुणा धेरै दूध उत्पादन भयो ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार ताबिथा दैनिक तीन लिटर भन्दा धेरै दूध दिन्छिन् । त्यसपछि उनले आफ्नो दूधको सही प्रयोग होस भनेर दान गर्न थालेकी हुन् ।
निकै कम महिलालाई हुने यस्तो रोग ताबिथालाई लागेको छ । शरीरबाट असाधारण मात्रामा निसिस्कने दूधका विषयमा डाक्टरले उनलाई हाइपरल्याक्टेशन सिंड्रोन भएको बताए । डाक्टरका अनुसार यो एक प्रकारको दुर्लभ बिरामी हो । एजेन्सी





