थुलुङ दुधकोशीमा जनप्रतिनिधि स्वयंसेवक शिक्षक बन्नुपर्ने



१४ जेष्ठ,२०७६ जेपी थुलुङ/सोलुखुम्बु

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा गाउँ शिक्षा समितिको बैठक सम्पन्न भएको छ ।

गाउँपालिकाको केन्द्र मुक्लीमा मंगलबार बसेको बैठकले यसअघि गाउँ शिक्षा समितिको बैठकले गरेको सरुवा अनुसार शिक्षकहरु तत्काल आ–आफ्नो कार्यक्षेत्रमा गई पठनपाठन गर्न अनुरोध गरिने निर्णय गरेको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष भुपालसिंह राईले जानकारी दिए ।

बैठकले यदि कार्यक्षेत्रमा गई पठनपाठन नगरेमा तलब रोक्का गरी रिक्त पदमा आवश्यक अनुसारको करारमा दक्ष शिक्षक नियुक्ती गरिने निर्णय भएको वडाध्यक्ष राईले जानकारी दिए ।

यस्तै समितिको अर्को निर्णय अनुसार जनप्रतिनिधिहरु स्वयंसेवक शिक्षकको रुपमा शिक्षण गर्ने निर्णय गरेको छ ।

जसमा जनता माबिमा भुपालसिंह राई, जनज्योती माबिमा उदयनाराण बस्नेत, देउसा माबिमा रामसंघर्ष किराती, बिरेन्द्रद्धय माबिमा बुद्धिराज राई, देउराली माबिमा गोपाल घिमिरे, लगायतका अन्य बिद्यालयमा जनप्रतिनिधिको योग्यता र दक्षता अनुसार नजिकैको बिद्यालयमा पठनपाठन गराउनुपर्ने निर्णय गरेको छ ।

गाउँ शिक्षा समितीले प्रमुख प्रसाशकीय अधिकृत अबिलाल राईको संयोजकत्वमा ५ सदस्यीय बिद्यालय अनुगमन समिति समेत गठन गरेको वडाध्यक्ष राईले जानकारी दिए ।

सम्बन्धित समाचार हेर्नुहोस्

गाउँपालिकाले गाउँ शिक्षा ऐन अनुसार नै शिक्षक सरुवा गरेको होः अध्यक्ष असिम राई

प्रतिक्रिया दिनुहोस्