सगरमाथाको ८ सय २४ केजी फोहोर काठमाडौं ल्याईदैँ



१३ जेठ २०७६, काठमाडौं

गत १ बैशाखबाट सगरमाथाको सरसफाई अभियानबाट जुटेको फोहोर काठमाडौं ल्याईने भएको छ ।

अभियानबाट जुटेका १० हजार ८ सय २४ केजी फोहोर सरकारले काठमाडौं ल्याउने भएको हो ।

सोलुखुम्बुको नाम्चेमा आयोजित सगरमाथा हिमाल सफाई अभियानको अवलोकन कार्यक्रमलाई आज सोमबार रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र प्रधानसेनापति पुर्णबहादुर थापाले अवलोकन गरेका हुन् ।

सगरमाथाको बेसक्याम्प क्याम्प १ देखी क्याम्प ४ हँदै साउथ पोलसम्मको फोहोर संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्