अस्पतालमा जनशक्ति कम हुँदा उपचारमा समस्या



१३ जेठ २०७६, काठमाडौं

पर्वत जिल्लाको अस्पतालमा जनशक्ति कम भएको कारण उपचारसेवामा समस्या भएको छ ।

विगत दुई वर्षयता अस्पतालमा जटिल सुत्केरी, एपेन्डीसाइटिस हाइड्रोसिल लगायतका सामान्य शल्यक्रियको सेवा सुरु भए पनि जनशक्तिकोे अभावका कारण उपचारमा समस्या देखिएको हो ।

०४६ सालमा १५ शैयाको अनुमति पाएपसिछ संचालन भएको अस्पतालले हाल ३५ शैयाको सेवा दिइरहेको र बिरामीको चाप बढे पनि जनशक्ति नबढ्दा सेवा असहज भएको सञ्चालक समितिको अध्यक्ष गोविन्द पहाडीले बताए ।

“एउटा सेवा दिनलाई एकै प्रकारको ३ जनशक्ति हुनुपर्ने ठाउँमा एक–एक जनशक्तिले चलाईरहेका छौँ ।” अध्यक्ष भन्छन् ।

त्यसैगरी आपतकालीन कक्षमा मात्रै कम्तीमा १० जना प्यारामेडिक्स कर्मचारी चाहिनेमा हाल एक जनाले मात्रै काम गरिरहेको कर्मचारीहरु बताउँछन् ।

“अरु कर्मचारी माग भएपनि नपाएको र बारिङ्ग, ल्याब, एक्सरेलगायत सबैतिर समस्य भएको बताउँछन् ।” डाक्टरहरुको गुनासो गर्छन् ।

ब्यवस्थापन र त्यहाँको कार्यरत कर्मचारीबीच बिवादका कारण बन्द भएको हो । अस्पतालले भने त्यसलाई प्राविधिक समस्य बताएको छ ।

प्रतिक्रिया दिनुहोस्