थकाई र यसलाई न्यूनीकरण गर्ने उपाय, अवश्य जान्नुहोस्



०७ जेष्ठ २०७५ काठमाडौं

मानिसले दैनिक आफ्नो जीवनलाई गुजार्नका लागि विभिन्न क्रियाकलापहरु गरिरहेको हुन्छ ।

जस्तै विभिन्न वस्तुहरुलाई उचाल्ने, विभिन्न ठाउँहरुमा पुग्ने, उकाली ओराली गर्ने तथा अन्य यस्तै शारिरीक व्यायम जोडिएका विभिन्न कार्यहरु…..

यस्तै विभिन्न कार्यहरु गर्ने क्रममा मानिसलाई शारिरीक तथा मानसिक थकाईहरु महसुस हुन्छन् ।

यहाँहरुसमक्ष हामीले थकाईका विषयमा केही कामलाग्दा टिप्सहरु लिएर आएका छौं ।

यो टिप्स हेरौं–

पानी प्रशस्त पिउनुहोस् 

कामको ब्यस्तताका कारण प्रायː धेरैले पानी पिउन भने भुलिरहेका हुन्छन् ।

तिर्खा लाग्नु भनेको शरीरले पानीको मात्र एक्दमै कम भएको महशुस गर्नु हो । त्यसैले तिर्खा नलागि नै पानी पिउनु स्वास्थ्यको लागि आवश्यक हुन्छ ।

खेल चिकित्सक गडसन भन्छन्ः हाम्रो अक्सिजन र पोषक तत्व मांशपेशीमा पुर्याउन पानीको आवश्यक हुन्छ । यत्ति मात्रै नभएर रगत बाक्लो बनाउँनका साथै मुटुलाई कुशलता पूर्वक रगत पम्प गर्न रगतमा पानीको मात्रामा पर्याप्त हुन जरुरी छ ।

आइरनको सेवन गर्नुहोस्

आइरन शरीरको लागि आवश्यक तत्व मध्ये एकमा पर्दछ ।

यदि यसको कमी भयो भने शरीर थाकेको जस्तो हुने, कमजोर भएको महसुस हुने भएमा बुझ्नुस् आईरनको कमी भएको छ भनेर त्यसैले पात भएको तरकारी, मेवा, दही लगाएतको सेवन गर्न जरुरी छ ।

खाजाका परिकारमा ध्यान दिने

खाजामा एक्दमै धेरै तरल पदार्थ पाइने खाजा खाँदा थकाई कम हुन्छ ।

मासुजन्य र कार्बाहाइड्रेट अधिक भएको खानाले भोक त मेट्छ तर थकाई बढाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्