उपचारका क्रममा बालकको मृत्यु हुँदा मेडिकल सन्चालक नियन्त्रणमा



०७ जेष्ठ २०७६, काठमाडौं

दाङमा उपचारको क्रममा एक बालकको मृत्यु भएको छ ।

अर्धाखाँची शितगंगा नगरपालिका – ८ स्थित हरिबहादुर कुमालको अठार महिनाको छोरा सुशान्त कुमालको उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबार उपचारका लागि सुशान्तलाई गढुवा नगरपालिका – १ जेठानगाउँस्थित युनिक मेडिकलमा लगिएको थियो ।

बालकलाई सेफान्टल फान्टल ०.२५ जिएम र डेक्सोना ०.२ एमजी मिलाएर सिरिन्ज लगाएपछि बालक झन सिरियस भई बेहोस भएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

सुशान्तको मृत्यु भएपश्चात उक्ता  मेडिकल सञ्चालक चेतराम चौधरीलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रतिक्रिया दिनुहोस्