
०४ जेष्ठ २०७६, काठमाडौं
टोखा नगरपालिकामा अवस्थित ईडन ब्रिज एकेडेमीले टोल सरसफाई कार्यक्रमको सम्पन्न गरेको छ ।

सरसफाई कार्यक्रम स्थानीय स्तरमा फोहोर व्यवस्थापन सम्बन्धि जनचेतना जागृत गराउँनका लागि गरिएको विद्यालयका प्रिन्सिपल प्रेम राई ‘परिक्षित’ले जानकारी दिए ।
परिवर्तन खबरसँग कुरा गर्दै उनले भने, “यस्ता सरसफाई कार्यक्रमले टोल सफा हुने तथा जनचेतना जागृत हुने कुराका साथै बिद्यार्थीहरुमा समाजसेवाको भावना समेत विकास हुन्छ ।”
‘आजको समाज धुलो मैलो मुक्त हुनुपर्छ, हामी सवै मिलेर टोल समाजलाई परिस्कृत चेतनाले युक्त बनाउनु पर्छ यसमा ईडन ब्रिज एकेडेमीले सधैं यहाँको समाजलाई सभ्य सुसंस्कृत बनाउन लागि पर्छ ।’ उनले थपे ।

शिक्षा भनेको जिवन उपयोगी हुनुपर्ने र सिकाईएका कुराहरु कार्यान्वयन भएमात्र सिकाई प्रभावकारी हुने उनको भनाई छ ।







