प्रध्यानाध्यापक छनौटका लागि दर्खास्त आह्वान



०३ जेष्ठ २०७६, काठमाडौं/जेपी थुलुङ, सोलुखुम्बु

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले प्रध्यानाध्यापक छनौटका लागि दर्खास्त आह्वान गरेको छ ।

गाउँपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक अभिबृद्धि गर्नका लागि प्रअहरुको प्रतिस्पर्धा गराई उच्चतम अंक प्राप्त गर्ने शिक्षक विद्यालयको प्रध्यानाध्यापक बन्न पाउने गरी शिक्षकहरुको प्रतिस्पर्धाका लागि दर्खास्त आह्वन गरिएको हो ।

गत १२ बैशाखमा बसेको गाउँ शिक्षा समितिको बैठकले योग्यता पुगेका शिक्षहरुबीच प्रतिस्पर्धा गराई उच्चतम अंक प्राप्त गर्ने शिक्षक सम्बन्धित विद्यालयको प्रध्यानाध्यापक बन्न पाउने निर्णय गरेको हो ।

गाउँशिक्षा समितिको निर्णय अनुसार कक्षा १ देखी ३ सम्म संचालन भएका विद्यालयको प्रअ बन्नका लागि प्लस टु वा सो सरह उतीर्ण गरेको हुनुपर्ने भएको छ ।

यस्तै कक्षा १ देखी कक्षा ५ सम्मका विद्यालयको लागि प्लस टु र ४ बर्ष स्थाई भएको, १ देखी ८ संचालन भएको विद्यालयको लागि स्नातक वा सो सरह उतीर्ण साथै ४ बर्ष स्थाई भएको हुनुपर्ने निर्णय गरेको छ ।

यस्तै कक्षा १ देखी कक्षा १०–१२ संचालन भएको विद्यालयको हकमा स्नाकोत्तर वा सो सरह उत्तीर्ण र ४ बर्ष स्थाई भएको शिक्षकले मात्र प्रअका लागि प्रतिस्पर्धा गर्न पाउने मापदण्ड सहितको दर्खास्त आह्वान गरिएको थुलुङ दुधकोशी गाउँपालिकाका प्रसाशकीयअधिकृत अविलाल राईले जानकारी दिए ।

अधिकृत राईका अनुसार हाल प्रअको रुपमा कार्यरत शिक्षकहरुलाई उल्लेखीत योग्यता नपुगेमा प्रतिस्पर्धामा सहभागी हुन बाधा नपार्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्