सिन्धुलीको गोलन्जोरमा निःशुल्क आँखा शिविर सम्पन्न



२२ बैशाख २०७६, ग्वाल्टार

तिलगंगा आँखा अस्पताल, गोलन्जोर गाउँपालिका र सिन्धुलीय श्रेष्ठ समाज काठमाडौंले सिन्धुलीको गोलन्जोरमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

शिविरमा ३२५ जनाको निशुल्क आँखा परिक्षण गरिएको थियो भने १७८ जनालाई निःशुल्क चस्मा समेत बितरण गरिएको थियो ।

आँखा परिक्षणबाट २९ जनामा मोतिबिन्दुको समस्या रहेको पाईएको छ भने मोतीविन्दुबाट समस्याग्रस्त विरामीहरुलाई अप्रेसनका लागि २४ गते काठमाडौं लैजाने तयारी भईरहेको आयोजकले जानकारी गराएको छ ।

तिलगंगा अस्पताल काठमाडौंका नेत्र अधिकृत हरि कार्कीको नेतृत्वमा ३ जनाको टोलीले निःशुल्क आँखाको परीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्