
२३ बैशाख २०७६, काठमडाौं
बहुप्राविधिक सिप बिकास नेपाल प्रा.लि.ले व्यक्तित्व क्षमता बिकास नामक कार्यक्रम २०७६ बैशाख २१ गते सुरु गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा ब्यबसायिक प्रशिक्षण, प्रशिक्षक, प्रशिक्षक (पिटिटि गुरु) एवं हेल्दी ड्रिङक्सका एण्ड रिसर्च सेन्टरका संस्थापक अध्यक्ष देवराज घिमिरेले आजको नेपाली समाजमा आयामिक ढङ्गले उत्पादनमूखी क्रियाकलाप संचालन गरि आत्मनिर्भरताको बाटोमा लागे नेपाली समाजले औद्योगिक क्षेत्रमा ब्यापक फड्को मार्ने बताए । उनले भने यस्ता सिपमुलक उत्प्रेरक तालिमहरुले नेपाली समाजलाई आयआर्जनको ढोका खोल्न सहयोग पुग्ने बताए ।

अर्कावक्ता समाजसेवी तथा कार्यक्रमका बिशिष्ट अतिथि दुर्गा बहादुर बस्नेतले संस्थाले थालनी गरेको कार्य आफैंमा महत्वपुर्ण रहेको र यस्ता कार्यक्रमले समाजमा आर्थिक रुपान्तरण गर्न सहयोग पुग्ने बताए । संचारकर्मी तथा परिवर्तन खबर डटकमका समाचारदाता बिश्व आचार्यले आफ्नै प्रकारको बिशेषता सहितको आर्थिक समाज निर्माण गरि गुणस्तरीय सेवा दिनका लागि काम गर्नु पर्ने बताए ।

कार्यक्रमलाइ देशब्यापी रुपमा संचालन गर्न लागिएको कम्पनिका अध्यक्ष राजेन्द्र बहादु बिष्टले जानकारी दिए । उनले भने हामी नेपाली समाजको लागि केही काम गर्न चाहान्छौं । जुन नेपाली समाजको लागि उपल्।ब्धीमूलक होस् र नेपाली समाजको लागि महान शिक्षा पनि होस । उनले भने ज्ञान सिप, क्षमता र उत्पादनको जगमा समृद्धी सम्भव छ र हामी धेरैलाई स्वरोजगार बनाउने पूर्ण प्रयास गर्नेछौं ।
नेपाली समाजलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने कुरा हामी नागरिकको पनि दायित्व रहन्छ । उक्त कार्यक्रमको नारा नरनारी बराबरी, आर्थिक समृद्धी निर्माणमा सहयोगात्मक साझेदारी भन्ने मुल नाराका साथ देशब्यापी अभियान सन्चालन गरिने बताईएको छ । परिबर्तन खवरसँग कुरा गर्दै यो कार्यलाइ गति दिनका लागि सवैको साथ आवश्यक रहेको प्रबन्ध संचालक सन्तोष पोखरेल कार्यत्रम ब्यबस्थापक सुवास शाही र भिम बहादुर तामाङले बताए ।

कार्यक्रमका अवसरमा सह–उत्पादन चिप्स उद्योगले ब्यबसायिक रुपमा चिप्स उत्पादन सुरु गरेको छ । कार्यक्रमका कम्पनिले परिक्षणको रुपमा उत्पादन गरेको चिप्स अध्यक्ष राजेन्द्र बहादुर विष्ट सचिव आसमाया तामाङ । कोषाध्यक्ष पेमा ल्हमु तमाङ (शेर्पा)ले सार्वजनिक गरेका हो । परिक्षणको रुपमा उत्पादन गरेको चिप्सलाइ गुणस्तर बिभागमा दर्ता गरेर बजारमा बितरण गर्न शुरु गर्ने जानकारी गराईएको छ ।





