
२२ बैशाख २०७६, काठमाडौं
नेपाल सेन्ट्रल हाईस्कुलले विद्यार्थीको शिक्षण सिकाइलाइ प्रभाबकारी बनाउन होलिस्टिक एजुकेशन मार्फत अध्यापन गराइरहेको छ । जसमा सामाजिक सस्कार,चरित्र निर्माण,सकरात्मक सोच, मनोबैज्ञानिक सम्बेगात्मक बिकास अनुसासन, जीवनपयोगी र ब्यबहारिक शिक्षण सिकाइ रहेको बिद्यालयका प्रिन्सिपल सुर्यबहादुए भण्डारिले परिवर्तन खबरलाइ जानकारी दिए।

उनका अनुसार ब्यबस्थित भौतिक पुर्वाधार,ब्यबस्थित कक्षा कोठा तथा अनुभबी शिक्षक सिक्षिकाको ब्यबस्था पुर्व प्राथमिक तहमा सिपियस र प्राइमरी लेबलका सिपियस कार्यक्रम अन्तर्गत सुरत सुबिधाजनक मायालु शैक्षिक बाताबरण तयार गरि बच्चाहरुको बैज्ञानिक पद्धति मार्फत सर्वा्ङ्गिण बिकासमा समर्पित रहेको भण्डारी बताउछन ।

ब्यबहारिक,बैज्ञानिक, खोजमुलक क्षमताहरु अभिबृद्धि गर्ने, मल्टी मिडिया मार्फत सामुहिक कार्ययोजना तयार गरि प्रत्येक विद्यार्थीमाझ प्रस्तुतिकरण गर्ने गरिएको उक्त बिद्यालयले अनुभवको २५ बर्स आगामी माघ महिना मनाउदै छ ।

२०७६ सालको विद्यार्थी भर्नामा समेत उल्लेखनीय वृद्धि भएको र शैक्षिक योजना तयार गरि अझ परिस्कृत,ब्यबस्थित पठन पाठनमा अगाडी बढ्ने उनी बताउछन ।

अतिरिक्त कृयाकलापहरुमा खेलकुद, बास्केटबल,फुटबल,नृत्य प्रक्षिण,गायन, सङगित लगायत कक्षाहरु समय समयमा गर्ने गरिएको उनी बताउछन ।





