फ्रेण्डशिप युवा क्लवद्वारा निःशुल्क आँखा तथा दन्त शिविर



२२ बैशाख २०७६, काठमाडौं

फ्रेण्डशिप युवा क्लव, सिद्धेश्वर योग साधना केन्द्र र नोभो हार्म रिडक्सन कम्युनिटी नेपालद्वारा निःशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम क्लवकै प्राङ्गणमा सम्पन्न भएको छ ।

उक्त शिविरमा ३८० जना सेवाग्राही मध्ये दातको सेवा तथा परामर्श १६० जनाले लिएका थिए भने आँखाको सेवा २२० जनाले लिएको जानकारी नोभो हार्म रिडक्सन कम्युनिटी नेपालका अध्यक्ष विवेक अधिकारीले परिवर्तन खबरलाई बताए ।

फ्रेण्डशिप युवा क्लव बूढानीलकण्ठ नगरपालिकाकै पुरानो क्लव रहेको र यसले विगत देखिनै विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको र भोलीका दिनमा पनि यस्ता कामलाई निरन्तरता दिने क्लवका अध्यक्ष सानुभाई लामा(आईते) ले प्रतिबद्धता जनाए ।

क्लवले विभिन्न समयमा समाज र समाजका विभिन्न संस्थासँग मिलेर काम गर्दै आएको विगतमा यसले बाटो सरसफई अभियान, खेलकुद लगायतमा सकृय रहेर कपनबासीमा सहयोगको ठुलो योगदान पुर्याएको स्थानीय ईन्द्र राउतले बताए ।

शिविरमा सहयोग गर्ने संस्था दन्तपुर डेन्टल केयरद्वारा दातको तथा दृश्टी आई सेन्टरद्वारा आँखाको चेकअप तथा परामर्श लिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्