कोशी अस्पताल परिसरमा छुट्टै बर्थिङ सेन्टर



२१ बैशाख २०७६, इटहरी

विराटनगरस्थित कोशी अस्पताल परिसरमा छुट्टै बर्थिङ सेन्टर निर्माण हुने भएको छ । एक औपचारिक कार्यक्रमका बीच १२ करोडको लागतमा बन्ने सेन्टरको उपप्रधान  एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव लगायतले शिलान्यास गर्नुभएको  छ ।

अमेरिकी दुताबास, अमेरिकी सेनालगायतको आर्थिक सहयोगमा बर्थिङ सेन्टर १ बर्षभित्र सक्ने गरी निर्माण सुरु भएको हो । १२ करोडको लागतमा ३ कठ्ठा जमिनमा १ सय बेडको दुईतले बर्थिङ सेन्टर निर्माण सुरु भएको अस्पतालका मेसु डाक्टर रोशन पोखरेलले बताउनुभयो ।

सम्पूर्ण सुविधासहितको बर्थिङ सेन्टर विराटनगरबासीलाई मात्र नभई पूर्व क्षेत्रका गरिब विपन्न वर्गका लागि सहज हुने अस्पतालले जनाएको छ । बर्थिङ सेन्टरको शिलान्यास गर्दै मन्त्री यादवले नेपाल सरकारले स्वास्थ्य नीति पारित गरिसकेको जानकारी दिदै कोशी अस्पतालको सेवा सुविधा विस्तार गर्न संघीय सरकार लागि परेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्