महानगरले शैक्षिक शुल्क वृद्धि फिर्ता लियो, विद्यालयहरुले घटाएनन् शुल्क



२० बैशाख २०७६, काठमाडौं

काठमाडौं महानगरपालिकाले शुल्क वृद्धि फिर्ता गर्ने निर्णय गरे पनि महानगर भित्रका विद्यालयहरुले चासो दिएका छैनन् ।

गत फागुनमा ६० प्रतिशत गरिएको शुल्क वृद्धि १२ बैशाखमा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको शिक्षा समिति बैठकले फिर्ता लिने निर्णय गरेको थियो ।

शुल्क वृद्धिको चर्को विरोधपछि महानगरपालिकाले शिक्षा ऐन र विद्यालय व्यवस्थापन नियमावली –२०७४ अनुसार शुल्क निर्धारणको अधिकार नगर कार्यपालिकामा मात्र भएको भन्दै समितिले गरेको निर्णय खारेज गरेको थियो ।

तर महानगरको शिक्षा समितिले यसअघिको आफ्नो निर्णय सच्याउँदासम्म सबै विद्यालयले वृद्धि भएको शुल्क लागू गरिसकेका थिए ।

अहिले विद्यालयहरुले महानगरपालिकाबाट शुल्क वृद्धि फिर्ता पत्र नआएको भन्दै अभिभावक र विद्यार्थीहरुसँग वृद्धि भएकै शुल्क लिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्