हावाहुरी र वर्षाका कारण नवलपुरका अधिकांश विद्यालय बन्द



२० बैशाख २०७६, काठमाडौं

हुरीबताससँगै भारी वर्षा भएपछि नवलपुरको जनजीवन प्रभावित भएको छ ।

हुरी बतासकै डरले जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् ।

कावासोतीलगायत जिल्लाका अधिकांश स्थानमा आज बिहानैदेखि हावाहुरीसँगै वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोतीका क्षेत्रमा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चलेको छ ।

हावाहुरी र वर्षापछि जिल्लाका अधिकांश विद्यालयले सूचना जारी गरेर विद्यालय नआउन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्