पर्यटकको सुविधाको लागि विद्युतीय बस संचालन हुँदै



१८ बैशाख २०७६, काठमाडौं

ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस संचालनमा ल्याउने भएको छ ।

महानगरको भित्रि भागमा रहेका पर्यटकीय गन्तव्यमा पर्यटकको पहुँच पुर्याउने उद्देश्यले विद्युतीय बस संचालन गर्न लागेको हो ।

जसका लागि कुन रुटमा कत्ति साधन आवश्यक पर्छ भन्नेबारे प्रारम्भिक अध्ययन भईरहेको महानगरले जनाएको छ ।

भित्रि भागमा सबैतिर सार्वजनिक सवारी पनि नजाने र ट्याक्सीले पनि बढी भाडा असुल्ने हुदाँ पर्यटकलाई सुविधा दिन विद्युतीय बस संचालन गर्न लागिएको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।

महर्जनका अनुसार बस संचालनले विशेषगरी असाहय, वृद्ध र अपाङ्ग भएका पर्यटकलाई सुविधा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्