गुल्मीमा दुर्घटना न्यूनीकरणको लागि सडकमै चालक र सहचालकको स्वाथ्य जाँच



१८ बैशाख २०७६, काठमाडौं

जिल्ला ट्राफिक कार्यालय गुल्मीले सडकमै चालक र सहचालकको स्वास्थ्य जाँच गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय गुल्मीले सवारी दुर्घटना न्यूनीकरणको लागि एक हप्ते कार्यक्रम अन्तर्गत सवारी चालक र सहचालकको सडकमै स्वास्थ्य शिविर राखेर निःशुल्क स्वास्थ्य जाँच गरेको हो ।

बुधबार सदरमुकाम तम्घासको बसपार्कमा जिल्ला अस्पतालका विशेषज्ञ डाक्टरसहित सडकमै शिविर राखेर झन्डै ६० चालक र सहचालको स्वास्थ्य जाँच गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटना न्यूनीकरणमा चालकको स्वास्थ्य पनि महत्वपूर्ण रहेकाले उनीहरुको शारीरिक तथा मानसिक जाँच गरेर औषधि वितरण गरिएको सहायक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्