चितवन मेडिकल कलेजले पायो मिर्गौला प्रत्यारोपणको अनुमति



१८ बैशाख २०७६, काठमाडौं

भरतपुरमा रहेको चितवन मेडिकल कलेजले मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाएको छ ।

अगं प्रत्यारोपण समन्वय समितिको बैठकले चितवन मेडिकल कलेजलाई मिर्गौला प्रत्यारोपणका लागि अनुमति दिने निर्णय गरेको हो ।

अनुमतिसँगै चितवन मेडिकल कलेज मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाउने पाँचौं अस्पताल बनेको छ ।

चितवनमा मिर्गौला प्रत्यारोपणको अनुमति पाउने दोस्रो संस्था हो । यसअघि कलेज अफ मेडिकल साइन्सले मिर्गौला प्रत्यारोपणको अनुमति पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्