
१८ बैशाख २०७६, काठमाडौं
नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं वरिष्ठ अर्थाेपेडिक सर्जन डा. मुकुन्द दाहालको निधन भएको छ ।
डा. दाहालको गएराति २ः०० बजे वि.पी स्मृत अस्पताल बसुन्धारा काठमाडौंमा निधन भएको हो ।
डा. दाहाल नेपाल चिकित्सक संघका उपाध्यक्ष एंव नेपाल सरकारको १० औं तहका वरिष्ठ अर्थाेपेडिक सर्जनका रुपमा निरन्तर स्वास्थ्य सेवा प्रवाहमा खटिएका थिए ।
संघले एक विज्ञप्ति जारी गर्दै इमान्दार, लगनशील र प्रतिष्ठित चिकित्सक एवं संघका उपाध्यक्षलाई गुमाउनु परेकोमा क्षति पुगेको जनाएको छ ।
उनी विगत केही समयदेखि बिरामी भई असक्त थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।





