पाठ्यपुस्तक छपाईमा भएको त्रुटीप्रति जनक शिक्षाले माफी माग्यो



१७ बैशाख २०७६, काठमाडौं

पाठ्यपुस्तक छपाईमा भएको त्रुटीप्रति जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले माफी मागेको छ । जनक शिक्षाले मंगलबार एक सूचना जारी गर्दै माफी मागेको हो ।

साथै त्रुटी हुँदाहुँदै पाठकका हातमा पुगेका पुस्तक फिर्ता गर्ने सुविधा समेत उपलब्ध गराएको छ ।

विद्यालयस्तरीय पुस्तक छाप्दै आईरहेको लिमिटेडले बिक्री वितरणका लागि बजारमा पठाईएका विभिन्न कक्षाका पुस्तकमा त्रुटी भेटिएको थियो ।

गल्ती भेटिएपछि विद्यार्थीको जीवनमाथि खेलवाड गरिएको भन्दै लिमिटेडको चर्को आलोचना भइरहेको छ ।  लिमिटेडले भने सजग रहँदारहँदै पनि त्रुटी भएको भन्दै माफी मागेको छ ।

लिमिटेडले त्रुटी भएका पुस्तक फिर्ता गर्नसमेत सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्