गुल्मीको दजाकोटका २ हजार मानिस झाडापखालाको जोखिममा, नुनखोलाको पानी प्रयोगमा रोक



१७ बैशाख २०७६, काठमाडौं

गुल्मीको मुसीकोट नगरपालिका वडा नं ४ दजाकोटका दुई हजार जनसंङख्या झाडापखालाको जोखिममा रहेका छन् ।

प्रदेश ५ सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य महाशाखा अनुसार उक्त गाउँको नुनखोलाको मुहानको पानीमा कोलिर्फमको मात्रा प्रशस्त भेटिएको थियो ।

झाडापखाला लागेका व्यक्तिको दिसा जाँच गर्दा ‘इन्टामोयबा हिस्टोलिटिका’ परजीवी भेटिएको र नुन खोलाको मुहानबाट बग्ने पानी प्रयोगमा रोक लगाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

झाडापखालाका कारण दजाकोटका १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको छ , भने १९२ जना विरामी भइ उपचाररत छन् ।

विरामीहरुको चितवन मेडिकल कलेज , गुल्मीको अस्पतालमा र स्थानीय एक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्