
१६ बैशाख २०७६, काठमाडौं
अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्यूमर देखिएपछि भारतमा शल्यक्रिया गराइएको छ । आफ्नो शल्यक्रिया सफल भएको श्वेताले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।
श्वेता आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’को सुटिङका लागि लन्डन पुगेकी थिइन् । त्यहाँ केही दिन सुटिङ गरेपछि आफू अस्वस्थ बनेको उनले जानकारी गराईन् ।
श्वेताले लेखेकी छन्, ‘लन्डन जानुभन्दा केही दिन अगाडि पनि मेरो चिउँडो मुनिको भागमा दुखाई भएको थियो । डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखियो । तर, यसबाट डराउनु नपर्ने र केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने डाक्टरले बताउनुभयो । तर, लन्डनमा फेरि समस्या दोहोरियो । खप्नै नसक्ने गरी दुख्ने र ज्वरोसमेत आएपछि अस्पताल गएँ । त्यहाँ डाक्टरले चाँडोभन्दा चाँडो शल्यक्रिया गर्न सुझाव दिनुभयो ।’
त्यसपछि श्वेतालाई लन्डनबाट तत्कालै नयाँ दिल्ली भारत ल्याइयो । त्यहाँ डा. सुरेन्द्र कुमार दवासले आफ्नो सफल शल्यक्रिया गरेको समेत श्वेताले जानकारी दिएकी छन् ।
‘हेल्लो जिन्दगीमा काम गर्न असक्षम’
श्वेताले अब आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ अघि बढाउन नसक्ने भन्दै निराशा व्यक्त गरेकी छन् ।





