चारवटा राष्ट्रसँग शैक्षिक सहकार्य गर्दै विश्व शिक्षा सदन



१५ बैशाख २०७६, काठमाडौं

शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विश्व शिक्षा सदन सेकेण्डरी स्कूल मैजुबहाल चाबहिलले जापान, अमेरिका, अस्ट्रेलियाला र फ्रान्ससँग शैक्षिक सहकार्य गरिरहेको विद्यालयले जानकारी दिएको छ ।

चरित्र निर्माणका लागि शिक्षा भन्ने मूल नाराका साथ सन् २००६ मा स्थापित उक्त स्कुलले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि शिक्षामा आधुनिकिकरण तथा जीवनका लागि शिक्षा जस्ता कुराहरुमा ध्यान दिदै विगत १३ बर्ष देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयका सहायक प्रीन्सिपल भीष्म ज्ञवालीले परिवर्तन खबरलाई जानकारी दिए ।

उनका अनुसार जीवनपयोगी तथा ब्यवहारिक शिक्षामा जोड, चरित्र निर्माणका लागि शिक्षा, बालबालिकाको फराकिलो ज्ञानकालागी जापान, अमेरिका, फ्रान्स अस्ट्रेलिया लगायतका देशबाट सहकार्यका लागि आएका शिक्षकबाट अध्यापन गराइने तथा विश्व शिक्षा सदनले अन्तर्राष्ट्रिय हाइकु प्रतियोगिता जल फाउन्डेसन जापान सँगको सहकार्यमा गरिरहेको छ भने संस्थाको नेपालका लागि कोअर्डिनेटर भएर काम गरिरहेको छ ।

विद्यालयमा बालमैत्री शैक्षिक वातावरण दक्ष अनुभबी शिक्षक रहेको, आफ्नै निजि भवन रहेको, खेलकुद, संगीत, पत्रकारिता, नृत्य, आर्ट्स र क्राफ्ट सम्बन्धि अतिरिक्त क्रियाकलाप संचालन गरिने, शान्त सुरक्षित शैक्षिक वातावरण, यातायातको सुविधा र होटेलको व्यवस्था रहेको सहायक प्रीन्सिपल ज्ञवाली बताउछन् ।

प्रतिक्रिया दिनुहोस्