काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउन सरकारपछि हटेको छैन् : मन्त्री बाँस्कोटा



१५ बैशाख २०७६, काठमाडौं

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलको लागि काभ्रेपलाञ्चोकमा अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाईने बताएका छन् ।

काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघले बनेपामा आयोजना गरेको अन्तक्रियात्मक कार्यक्रमा उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउने विषयमा सरकार पछि नहट्ने बताएको हुन् ।

“बनेपाको नागीडाँडा उपयुक्त नभए धुलिखेलमा बन्छ ।” उनले भने ।

काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउने बारे एक चिनीयाँ कम्पनीले चासो दिईरहेको समेत मन्त्री बाँस्कोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्