निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने सम्बन्धी बूनपा ११ को जरुरी सूचना



१२ बैशाख २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ ले पानस फर्मास्युटिकल्ससँगको संयुक्त आयोजनामा आगामी बैशाख १४ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागको हुँदा सम्पूर्ण वडावासीहरुलाई सूचना जारी गरेको छ ।

विहान १० बजेदेखि शुरु हुने स्वास्थ्य शिविरमा गंगालाल मुटुरोग अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अमृत बोगटीद्वारा मुटु, सुगर, प्रेसर लगायतका रोगको निःशुल्क जाँच गरी निःशुल्क औषधी समेत वितरण गरिने जारी सूचनामा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्