सांसद गोमा देवकोटाद्वारा ५ विद्यार्थीको अभिभावकत्व ग्रहण



०६ बैशाख २०७५, काठमाडौं

संघीय संसदकी सदस्य, अनेमसंघ केन्द्रिय अध्यक्ष तथा नेकपा केन्द्रिय सदस्य गोमा देवकोटाले सिन्धुली जिल्ला कमलामाई नगरपालिकाका विभिन्न तीन विद्यालयका ५ बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी छिन् ।

अघिल्लो वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले संचालन गरेको अभिभावकत्व ग्रहणमा धेरै नेता कार्यकर्ताले सहभागीता जनाएपनि निरन्तरता दिएका छैनन् । शहिद ऋषिराज देवकोटा (आजाद)की धर्मपत्नी समेत रहेकी देवकोटाले भने अघिल्लो बर्षको विद्यार्थीलाई यो वर्षपनि समयमै विद्यालयमा भर्ना गरी पोषाक, पुस्तक तथा स्टेशनरी समेत वितरण गरेको जानकारी देवकोटाका स्वकीय सचिव बसन्त न्यौपानेले परिवर्तन खबरलाई बताए ।

‘हाम्रो नगर हाम्रो गाउँ सबै वालवालिकालाई विद्यालय पुर्याऔं’ भन्ने अभियानका साथ शुरु गरिएको भर्ना अभियान बैशाख महिनाभर संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्