वार्षिक शुल्कमा नै विद्यार्थी भर्ना लिदैं हाइली क्रियटिभ



०४ बैशाख २०७६, काठमाडौं

आफ्नो दशौं वर्ष प्रबेशको सन्दर्भमा हाइली क्रिएटीभ स्कुलले बार्षिक शुल्कमा नै भर्ना लिन सुरु गरेको छ । यसले अभिभावकहरुलाई केही सहुलियत दिएको बिद्यालयको भनाइ छ भने बिद्यालयले पुरानै शुल्कमा भर्ना सुरु गरेको छ  ।

विद्यालयका अनुसार यो बर्स कुनै पनि शुल्क वृद्धि हुनेछैन । यसै वर्षबाट विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै बिद्यालयले आफ्नै नर्स राख्न सुरु गरेको छ । यो सँगै बाल बच्चालाई स्वास्थ अवस्थामा गडबडी आएमा  चोटपटक लागेमा, मौसम परिबर्तन सङगै आउने रुघाखोकी लगायतका सबै उपचार बिद्यालयमा नै हुनेछन् ।

समयसमयमा स्वास्थ्य परीक्षण गरिनुका साथै स्कुलमा नै उपचार गर्दा अभिभावकले आफ्नो छोराछोरिलाई ढुक्क सँग स्कुलमा राख्न सक्छन । यसले अभिभावकलाई ठूलो सहयोग पुग्ने बिद्यालयका सहायक प्रधानध्यापक महेश्वर चापागाईंले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्