भारतीय लुटेरा र चोर पक्राउ



०३ बैशाख २०७६,काठमाडौं

महानगरीय प्रहरी परिसर काठमाडौँले लुटपाटमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरेको छ । परिसरले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी बरामद सामग्रीसहित उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतीहारीका दीपकप्रसाद जैसवाल, बैसालीका बिजु साह र सितामढीका राजकुमार रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट क्यामरा नौ थान, मोबाइल १० थान, घडी नौ थान, मनी पर्स सात थान, क्यामरा एक, एउटा मिनी प्रोजेक्टर, जेनेरेटर र नगद रु एक लाख ९८ हजार बरामद भएको छ । उनीहरुले मादक पदार्थ सेवन गरेका मानिसलाई पिछा गर्ने र सामान लुट्ने गरेको खुल्न आएको छ ।

यसैबीच नागार्जुन नगरपालिका–९ दुर्गा नगर कोलेनीस्थित चोरी गरेर भाग्दै गर्ने दोलखा घर भई काठमाडौँ–१४ कलङ्की बस्ने सुनिल श्रेष्ठ र सोही ठाउँका अर्जुन श्रेष्ठ पक्राउ परेका छन् । उनीहरुले स्थानीय तर्कबहादुर कुँवरको घरको तेस्रो तलाको ताल्चा फुटाएर पसलमा चोरी गरेको प्रहरीले जनाएको छ । चोरी गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरुबाट मोबाइलसहित रु २८ हजार नगद र ताल्चा फुटाउन प्रयोग भएको फलामे रड बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्