
२३ चैत २०७५, काठमाडौं
यही चैत्र २३ गते हाईलि क्रियटिभ ईङ्गलिस सेकेन्डरी स्कूल, गोठाटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको सहयोग एवं नगरपालिका अन्तर्गत रहेका वडा नं ७, ८ र ९ को संयोजन तथा हाईलिक्रियटिभ स्कूलको प्राविधिक व्यवस्थापनमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना भएको हो ।

शिविरमा मुटुको परीक्षण, ईसीजी, हाडजोर्नी, बालरोग विषेशज्ञ सेवा, पाठेघरको परीक्षण, स्त्रीरोग विषेशज्ञ लगायत जनरल फिजिसियन (विशेषज्ञ डाक्टरहरु) द्वारा झण्डै ३०० भन्दा बढीले प्रत्यक्ष लाभ लिएको विद्यालयका सहायक प्रधानाध्यापक महेश्वर चापागाँईले परिवर्तन खबरलाई बताए ।

स्वास्थ्य शिविरमा २७ जनाले ईको सेवा, ४२ ले ईसीजी सेवा लिएको र फोक्सोको क्षमता अभिवृद्धि गर्ने विषयमा समेत परामर्श दिईनुका साथै औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।





