नयाँ वर्षका अवसरमा सरकारले गर्यो स्वास्थ्य बीमाको प्रारम्भ !



१ वैशाख २०७६, काठमाडौं

गरिबी कम गर्न नयाँ वर्ष २०७६ को आगमनसँगै सरकारले स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेकोे छ ।

यो योजनाअन्तर्गत ७० वर्ष उमेर पुगेका नागरिकको १ लाखसम्मको स्वास्थ्य बीमा सरकारले गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

आइतबार नँया वर्षको अवसरमा आयोजित ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा ‘खोलौ बैकं खाताको शुभारम्भ’ समारोहमा बोल्दै अर्थमन्त्री खतिवडाले स्वास्थ्य बीमा कार्यक्रमले गरिबीबाट माथि जान महत्वपूर्ण सहयोग गर्ने दावी गरे ।

अर्थमन्त्री खतिवडाले अब खाता खोल्नेलाई १०० रुपैँया उपलब्ध गराइने जानकारी दिँदै बैंक खाता नभएकालाई खाता खोल्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्