बागलुङ दरमखोलाका दुई जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता



२७ चैत २०७५, काठमाडौं

बागलुङको गल्कोट क्षेत्रमा निर्माण गरिने साढे ७ मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पिपिए) भएको छ । ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा अवस्थित मध्यदरमखोलाबाट विद्युत उत्पादन गरी वितरण गर्ने गरी नेपाल विद्युत प्राधिकरण र धौलागिरी सिभिल इलेक्ट्रिकल मेकानिकल इन्जियनियरीङ (धौलागिरी सेम) प्रा.लि. बागलुङविच मंगलवार विद्युत खरिद विक्री समबन्धि सम्झौताा (पिपिए) भएको हो ।

धौलागिरी सेम प्रा.लि.द्धारा प्रवद्र्धित मध्य दरमखोला ए साना जलविद्युत आयोजना (३ मेगावाट) र मध्य दरमखोला वि साना जलविद्युत आयोजना (४.५ मेगावाट) र नेपाल विद्युत प्राधिकरण विच विद्युत खरिद विक्री सम्झौता भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।  सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र धौलागिरी सेम प्रा.लि.का अध्यक्ष हरिनारायण गौतमले हस्त्ताक्षर गरेका छन ।

सम्झौता अनुसार प्रवद्र्धक कम्पनी धौलागिरी सेम प्रा.लि.ले दुवै आयोजनाबाट वि.सं.२०७८ जेठ ३१ सम्ममा विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणको हरिचौर सवस्टेशनमा जडान गरिने छ । मध्य दरमखोला ए (३ मेगावाट) को ब्यापारिक विद्युत उत्पादन मिति वि.सं.२०७७ चैत ३१ र मध्य दरमखोला वि (४.५ मेगावाट) को विद्युत उत्पादन मिति वि.सं.२०७८ जेठ ३१ रहेको छ । दुवै आयोजना स्थानीय लगानी र प्रभु बंैकको ऋण सहयोगमा समपन्न गरिने छ । दुवै आयोजनाको पिपिए टेक अर पे को नीतिमा गरिएको अध्यक्ष गौतमले वताए ।

दुवै आयोजनाबाट उत्पादित विद्युत लाई नेपाल विद्युत प्राधिकरणले सुख्खा याम (पौषदेखि चैतसम्म) मा प्रति युनिट ८ रुपैयाँ ४० पैसा देखि १० रुपैयाँ ४२ पैसामा खरिद गर्नेछ । बर्षा याम (बैशाखदेखि मंसिरसम्म) मा प्रति युनिट ४ रुपैयाँ ८० पैसादेखि ५ रुपैयाँ ९५ पैसासम्ममा खरिद गर्नेछ । दुवै आयोजनाबाट बार्षिक ४ करोड ४५ लाख १३ हजार २ सय ६९ यूनिट विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्