नेकपा वरिष्ठ नेता नेपाल अस्पताल भर्ना !



२६ चैत्र २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

विगत ३ दिनदेखि स्वास्थ्यमा खराबि देखिएपछि उनी आज काठमाडौंस्थित शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो । नेपालको आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ ।

नेता नेपाल केही दिनअघि वारा, पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यहि क्रममा उनलाई ज्वरो र खोकीले च्यापेको थियो ।

प्रतिक्रिया दिनुहोस्