
२४ चैत २०७५, काठमाडौं
बूढानीलकण्ठ १० स्थित प्रतिष्ठित सामुदायिक क्याम्पसको रुपमा परिचित कपन बहुमुखी क्याम्पसको दोस्रो साधारण सभाले आगामी कार्यकालका लागि पूर्व अध्यक्ष कुमार प्रसाद ओझालाई अध्यक्षमा पुनः निर्वाचित गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको नामावली :
अध्यक्ष: कुमार प्रसाद ओझा
उपाध्यक्ष: भवानी दहाल
सदस्य सचिव: भुमिदत्त पौडेल
सदस्यहरू:
मिठाराम अधिकारी
डम्बर अधिकारी
माधब आचार्य
सङ्गम गहतराज
अशोक राज पान्डे
हरिराम ढुङ्गाना
सन्जिता डोटेल
डा. कमल गौतम
तेज कुमार केसी
नारदमणि घिमिरे
किशोर गुरुङ्ग
ई. राजेन्द्र पौडेल
कबिराज पराजुली
सल्लाहकार समिति संयोजक
ठाकुर प्रसाद खकुरेल
सह–संयोजक
नारायण प्रसाद काफ्ले

क्याम्पस सभामा सवै आजीवन सदस्यहरुलाई प्रभावकारी संचार अभावले खबर गर्न नसकेको भए पनि क्याम्पसको विद्यान अनुसार नयाँ कार्यसमिति चयन गरिएको छ ।

४ वर्षे कार्यकाल रहेको समितिमा अनुभवी सहित युवा अनुहारहरु समेत समेटिएका छन् । डा. राजन भट्टराईको पहलमा क्याम्पस भवन निर्माणको लागि यस वर्ष रु. पाँच करोड प्रदेश सभाले विनियोजन गरेको भएपनि क्याम्पसको आवश्यकता र गुणस्तरीयतालाई बढाउन स्थानीय, प्रदेश र संघीय सरकारले अझ सहयोग गर्नुपर्ने देखिन्छ ।

अनुभवीदेखि युवा सम्मको गतिशिल समितिले क्याम्पसको बृहत्तर हितको लागि साधन, स्रोत र पहुँचको समुचित प्रयोग गर्न सके केही वर्षमा नै क्याम्पसलाई यस क्षेत्रको नमूना क्याम्पसको रुपमा स्थापना गर्न सकिने सम्भावना देखिन्छ ।
यो पनि पढ्नुहोस्





